अनुहारको अग्रभागमा दिमाग भएको अनौठो बालक जन्मियो « Khabarhub

अनुहारको अग्रभागमा दिमाग भएको अनौठो बालक जन्मियो


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा अनुहारकोबीच भागमा दिमाग भएको एक बालकको जन्म भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको बादिन गाउँमा ८ महिना अघि जन्मेका बालकको अनुहारको अगाडिको भागबाट दिमाग बाहिर निस्केको हो ।

शुरुमा सानो मासुको डल्लोजस्तो देखिएकोमा बालकको उमेर बढ्दै गएपछि मासुको डल्लो पनि बढ्दै गएको हो । ८ महिनाका बालक डाइमा माङ्ग्रियोलाई अनुहारको अग्रभागमा दिमाग रहेकाले निकै पीडा हुने गरेको र डाक्टरसँग नियमित परामर्शमा छन् ।

टेनिस बलको आकारमा अनुहारको अगाडि रहेको दिमागले उनको आँखा समेत छोप्न थालेको र यसबाट बालकलाई सानो उमेरमै ठूलो समस्या पर्दै आएको स्थानीय समाचारमा जनाइएको छ ।

उनका आमाबाबुले कराँचीमा रहेको जिन्नाह अस्पतालमा उपचारका लागि लिएर जाने गरेको र यसबाट उनको परिवारले जीवनभर कमाएर जोगाएको सबै सम्पत्ति सकिसकेको छ ।

डाक्टरले भने उनको उपचार शल्यक्रियाबाट मात्र सम्भव रहेको तर बालकको उमेर निकै कम रहेकाले उनको शल्यक्रिया सफल हुने वा नहुने अनिश्चित रहेको जनाएका छन् ।

बच्चामा हुने यस्तो अवस्थालाई एनसाफालोकेल भन्ने गरिएको र यो निकै दुर्लभ हुने गरेको बताइन्छ । बच्चामा यस्तो अवस्था कसरी आउँछ भन्ने स्पष्ट नभएपनि गर्भवती भएको अवस्थामा फोलिक एसिड सेवन गर्ने महिलाले यस्तो अवस्थाका बच्चा जन्माउने सम्भावना कम हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ०२ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात