ट्रम्पले एक दशकमा एक अर्बभन्दा बढी घाटा व्यहोरेको खुलासा « Khabarhub

ट्रम्पले एक दशकमा एक अर्बभन्दा बढी घाटा व्यहोरेको खुलासा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आफूले आफैलाई सफल व्यापारी बताउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दशकमा १ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा व्यहोरेको खुलासा भएको छ । आफू सफल व्यापारी भएको बताउँदै आएपनि हालै सार्वजनिक समाचारमा उनले एक दशकमा १ अर्ब भन्दा धेरै घाटा व्यहोरेको खुलासा भएको हो ।

अमेरिकाको न्यूयोर्क टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचार अनुसार सन् १९८५ देखि सन् १९९४ सम्म उनले १ अर्ब १७ करोड घाटा व्यहोरेका थिए । न्यू योर्क टाइम्स पत्रिकाले अमेरिकी कर सेवाका गोप्य दस्तावेजलाई आधार बनाएर समाचार लेखेको जनाएको छ । ट्रम्पले अमेरिकी कर सेवालाई सन् १९९० र १९९१ मा ट्रम्पले २५ करोड अमेरिकी डलर बराबरको घाटा देखाएका थिए ।

ट्रम्पले निकै लामो समययता आफूलाई निकै सफल व्यापारी भएको दाबी गर्दै आएपनि आफ्नो कर विवरण भने सार्वजनिक गरेका थिएनन् । १ अर्ब अमेरिकी डलर भन्दा धेरै घाटा व्यहोरेको भन्ने पछिल्लो समाचारलाई राष्ट्रपतिका अधिवक्ता चाल्र्स हार्डरले असत्य भएको जनाएका छन् ।
पछिल्ला केही समययता डेमोक्र्याटिक पार्टीका नेताहरुले ट्रम्पले कर विवरण सार्वजनिक गर्न माग गर्दै आएका छन् । यद्यपि ट्रम्पले भने डेमोक्र्याट नेताहरुको मागलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ०१ बजे

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ  – आज २०८३ साल जेठ ४ गते सोमबार। जेठ