अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या « Khabarhub

अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- अंशवण्डाको विवादमा धनुषामा छोराले  बुवाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अहिले बुवाको हत्या आरोपमा कृष्णलाई पक्राउ गरेर थप अनुसनधान गरिरहेको बताएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ । यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ५५ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि