ढुङ्गाले हानेर बाबुको हत्या, छोरा पक्राउ | Khabarhub Khabarhub

ढुङ्गाले हानेर बाबुको हत्या, छोरा पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुनवर्षीमा ढुंगाले हानेर बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरीया छन् ।

उनले ६८ वर्षीय बाबु टीनताल ताजपुरियाको हत्या गरेको आरोप लागेको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा उनले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै बेला बुवालाई ढुङ्गाले हानेका थिए ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टीनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । तर कोशीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

टीनतालको आज आइतबार बिहान ५:३० बजेतिर घरमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : २५ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल