‘हाम्रो टिम नेपाल’ ले कब्जा गरेको सरकारी जग्गा खाली गराइयो, अध्यक्षसहित केही पक्राउ « Khabarhub

‘हाम्रो टिम नेपाल’ ले कब्जा गरेको सरकारी जग्गा खाली गराइयो, अध्यक्षसहित केही पक्राउ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले लामो समयदेखि सामाजिक कार्यमा सक्रिय ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । साथै, हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई पक्राउ गरिएको छ ।

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ०१ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि