२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ८, ओखलढुंगामा २, खोटाङमा ५,  झापामा १९३, धनकुटामा १४, पाँचथर १,  मोरङमा ११६, संखुवासभा १ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १६, पर्सामा ३,  बारामा ६, महोत्तरीमा १६, रौतहटमा १, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३५५, काभ्रेमा २७, चितवनमा ८०, धादिङमा ३८, नुवाकोटमा ३२, भक्तपुरमा ४७, मकवानपुरमा ४९, रसुवा १२, रामेछापमा ७, ललितपुरमा ११२, सिन्धुली ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ६०,  म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको गुल्मीमा १३, दाङमा ३, नवलपरासीमा ५, बर्दियामा ४, बाँकेमा ४, रुपन्देहीमा ११ र रोल्पामा ६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ८, जाजरकोटमा १, दैलेखमा १, मुगुमा १,  रुकुम पश्चिममा ७, र  सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको   अछाममा ४, कञ्चनपुरमा ४, कैलालीमा २ र डडेल्धुरामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०७ बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत