स्वास्थ्य मन्त्रालयले भन्यो – पैसा तिरेर खोप किन्ने हतारमा ठगीको सिकार नबनौँ « Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो – पैसा तिरेर खोप किन्ने हतारमा ठगीको सिकार नबनौँ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले शुल्क मागेर कोरोना विरुद्धको खोप उपलब्ध गराउने कुरा गरेमा वा यस्ता ठगी गर्ने घटनाबारे जानकारी भएमा उजुरी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले कोरोनाविरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी दिएको हो । उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त खबर गर्न तथा उजुरी गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचनामा भनेको छ, ‘आफ्नो पालो कुरी कोभिड-१९ विरुद्धको खोप निशुल्क लगाऔँ, पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ ।’

मन्त्रालयले कसैले खोप उपलब्ध गराउने वा ठगी गर्नेहरुको जानकारी भएमा स्थानीय प्रशासनलाई समेत जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ३२ बजे

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको