सामाजिक सुरक्षा कोषमा १४ हजार ५८० रोजगारदाता आवद्ध « Khabarhub

सामाजिक सुरक्षा कोषमा १४ हजार ५८० रोजगारदाता आवद्ध


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले हालसम्म कोषमा १४ हजार ५ सय ८० रोजगारदाता आवद्ध भएको जानकारी दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले लाख ५१ हजार २९२ योगदानकर्ता र ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको पनि जानकारी दिएको छ ।

यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दावी भुक्तानी भएको कोषले जनाएको छ ।

त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ परिवारलाई ४८ लाख ३ हजार र वृद्ध अवस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख रकम कोषबाट दाबी भुक्तानी भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

२०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले जम्मा गरिदिने निर्णयले सरकारले कोषलाई उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली अनौपचारिक क्षेत्रलाई पनि कोषमा संलग्न गराउन काम भइरहेको बताए । उनले कोषमा आएका उजुरीलाई प्राथमिकताका साथ फर्छोट गरिरहेको जानकारी दिए ।

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका लागि २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि २०७६ साउन १ गतेबाट निरन्तर योगदान रकम संकलन भइरहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ०८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६