सामाजिक सुरक्षा कोषमा १४ हजार ५८० रोजगारदाता आवद्ध | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा १४ हजार ५८० रोजगारदाता आवद्ध


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले हालसम्म कोषमा १४ हजार ५ सय ८० रोजगारदाता आवद्ध भएको जानकारी दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले लाख ५१ हजार २९२ योगदानकर्ता र ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको पनि जानकारी दिएको छ ।

यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दावी भुक्तानी भएको कोषले जनाएको छ ।

त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ परिवारलाई ४८ लाख ३ हजार र वृद्ध अवस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख रकम कोषबाट दाबी भुक्तानी भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

२०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले जम्मा गरिदिने निर्णयले सरकारले कोषलाई उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली अनौपचारिक क्षेत्रलाई पनि कोषमा संलग्न गराउन काम भइरहेको बताए । उनले कोषमा आएका उजुरीलाई प्राथमिकताका साथ फर्छोट गरिरहेको जानकारी दिए ।

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका लागि २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि २०७६ साउन १ गतेबाट निरन्तर योगदान रकम संकलन भइरहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ०८ बजे

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …