कामदार ठग्ने ७६ म्यानपावरको कामकारबाही रोक्का (सूचीसहित) « Khabarhub

कामदार ठग्ने ७६ म्यानपावरको कामकारबाही रोक्का (सूचीसहित)


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगार विभागले विदेश कामदार पठाउदै आएका ७६ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको छ । वैदेशिक रोजगार पीडितले दिएको उजुरीका आधारमा ती म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा कामदार पठाएर विदेशमा अलपत्र पार्ने, समस्यामा परेका कामदारलाई समय उद्धारका लागि अटेर गर्ने, राहदानी लिएर धेरै समय रोजगारीका खोजीमा रहेको कामदारलाई विदेश नपठाउने, सरकारले तोकेभन्दा धेरै पैशा लिने र विभागले तागेता गरेको मितिमा पीडितलाई क्षतिपूर्ति नतिर्ने म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।

विभागले कामकारवाही अन्तर्गत कारोबार रोक्का गरेका म्यानपावरले विभागले दिएको मिति भित्र कानुनी प्रक्रिया पुरा गरेर पीडितलाई क्षतिपूर्ति भराए र उजुरी अनुसार समस्या समाधान गरेर रोक्का फुकुवा गर्ने कानुनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीका क्रममा कामदारलाई दुःख दिने म्यानपावरको कामकारवाही रोक्का गरी आवश्यक कारवाही अगाडी बढाउने गरिएको विभागको भनाइ छ ।

रोजगारीको खोजीमा रहेका अथवा रोजगारीमा पठाएर विदेशमा समस्या पार्ने म्यानपावर कम्पनीका नाममा विभागमा उजुरी आएपछि मुद्दाको प्रकृति हेरी कानुनी कारवाही अगाडी बढाउने गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी झोलानाथ गुरागाईँले बताए । उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीले समस्यामा परेको भन्दै उजुरी विभागमा दर्ता पीडितले गराएपछि मुद्दाको अवस्था हेरी अनुसन्धान अगाडी बढ्छ । सोही अनुसार क्षतिपूर्ति पीडितलाई भराइन्छ । विभागमा पीडितले दिएको उजुरीको आधार म्यानपावरमाथि कारवाही हुन्छ । विगतमा जस्तो मुद्दाको सुनुवाइ ढिलाइ हुँदैन । अहिले विभागले एक दिनमा मुद्दाको किनारा लगाउदै आएको छ ।’

वैदेशिक रोजगारीमा क्रममा दुःख पाएका र आर्थिक ठगिमा परेको धेरै पीडित समस्या लिएर विभाग आउने गरेको उनको भनाइ छ । विभागमा आउने अधिकांश समस्या आर्थिक लेनदेन र अलपत्रको हुनेगरेको निर्देशक गुरागाईँले बताए ।

विभागले गत हप्ता मात्र वैदेशिक रोजगारीमा जाने कामदारसँग ठुलो रकम ठगी गर्ने १० वटा म्यानपावर कम्पनी खारेज गरेको थियो । चालु आर्थिक वर्ष शुरु भएको १० महिनामा धेरै म्यानपावरलाई कानुनी कारबाहीको दायरामा ल्याइ कारवाही गरेको विभागले जानकारी दिएको छ । यो अवधिमा १ सय भन्दा धेरै म्यानपावर बन्द गरेको छ ।

पछिल्लो समय पीडितका समस्या समाधान गर्ने विभाग कडा रुपमा प्रस्तुत हुदै गएपछि न्यायका लागि आउने पीडितको संख्या बढिरहेको विभागले जानकारी दिएको छ । हाल विभागमा व्यक्तिगत र संस्थागतबाट ठगिएको भन्दै दैनिक १० जनाभन्दा बढी धेरै समस्या लिएर विभाग धाउने गरेका छन् ।

विगत केही वर्षयता वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर र तिनका प्रतिनिधि एजेन्टका नाममा धेरै उजुरी पर्ने आउने गरेको छ । विभागमा एउटै म्यानपावर कम्पनीले करोडभन्दा माथि ठगी गरेको उजुरी आउने गरेको छ । भने एजेन्टले व्यक्ति रुपमा विकाशित देश पठाइदिने भन्दै ठुलो रकम ठगेर फरार भएको उजुरी लिएर पीडित आउने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ४ : ३२ बजे

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा