१८ वर्षपछि गंगा वरदानको ‘धराने हावा तोङ्बाको पानी’ « Khabarhub

१८ वर्षपछि गंगा वरदानको ‘धराने हावा तोङ्बाको पानी’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–झण्डै १८ वर्ष पछि लोकगायक गंगा वरदान नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत गरिएको यो गीतलाई गायक वरदानले लिरिकल भिडियोको रुपमा रिलिज गरेका हुन् ।

२०२५ सालमा भोजपुरको दिङ्लामा आयोजित जिल्लाव्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाइ पनि काले’ गीत गाएर प्रथम भएका गंगाले २०३१ सालमा धरानमा आयोजित ‘पुर्वाञ्चलव्यापी लोकगीत तथा नृत्य प्रतियोगिता’मा ‘छपनीले छान छान, डबकीले हान’ गाएर प्रथम भए ।

२०३५ सालमा रेडियो नेपालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘कहाँमा काट्यो बेतको लौरी’ रेकर्ड गराएका थिए । २०५५ सालमा ‘गंगा वरदान भाग–१’, २०५७ मा ‘गंगा वरदान भाग–२’ र २०६० मा ‘गंगा वरदान भाग–३’ एलबम बजारमा ल्याएपछि उनले कुनै एलबम र गीत बजारमा ल्याएका थिएनन् ।

‘हाइकिङ बाबा’को रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाइको रचना तथा वरदानकै संगीत रहेको गीतमा सिर्जन नेपालको संगीत संयोजन तथा मिक्सिङ छ ।

उमेरले ६९ टेकेका र गीतसंगीतमा लागेको ५० वर्ष काटेका गायक वरदान आफ्ना केही पुराना गीतसमेत आफ्नो स्वरमा रि–रेकर्ड गर्ने योजनामा छन् ।

गंगाका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौ न धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’, ‘अरु नै तर्यो’लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ४० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा