घरघरमा बिजुली र पानी पुर्‍याउने योजनमा हिमाली गाउँपालिका « Khabarhub

घरघरमा बिजुली र पानी पुर्‍याउने योजनमा हिमाली गाउँपालिका


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताए । उनका अनुसार बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने तयारी गरिएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका सर्वाधिक विकट मानिन्छ । बिजुली र सडक सञ्जालसंग नजोडिएको हिमाली गाउँपालिकाले आफ्नो कूल बजेटको आधाभन्दा बढी बिजुली, सडक र खानेपानीमा खर्च गर्ने जनाएको छ । कवाडी खोलाबाट बिजुली निकाल्ने गरी सम्झौता भइसकेकाले अँध्यारो गाउँपालिकाबाट मुक्त हुने दिन धेरै टाढा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।

यसअघि आएका बिजुलीका पोल, तारसहितको सबै सामग्री सङ्कलन गरिसकिएको र हिमाली गाउँपालिका बाँधु क्षेत्रका लागि २४ लाख बजेट खर्च गरेर जगन्नाथबाट विद्युत् लिने सम्झौता गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष मल्लले जानकारी दिए।

कर्णाली करिडोर जोडिए पनि हालसम्म वडा कार्यालय सडक जोड्ने कार्य शुरु गरिएको छैन । यसै आर्थिक वर्षबाट प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक निर्माण कार्य शुरु गरिने योजना गाउँपालिकाको छ । हाल ८० प्रतिशतले शुद्ध खानेपानी पीउने गरेको भए पनि पानी बोक्नुपर्ने बाध्यतालाई हटाउन घरघरमा धारा जडान कार्यलाई अघि बढाउने गाउँपालिकाले निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  २ : ०४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा