१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार | Khabarhub Khabarhub

१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ८४३ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ ।

होटल र पर्यटन र विकास बैंकको सूचक साढे ३ प्रतिशतले बढेको बजारमा फाइनान्स करिब ३ प्रतिशत तथा अन्य र लगानीको सूचक १ प्रतिशत धेरैले बढेको छ ।

यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मेगा बैंकको १८ करोड २४ लाख, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख, नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : ४५ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको