मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई चेम्बरले दियो ३७ बुँदे सुझाव (सुझावसहित) « Khabarhub

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई चेम्बरले दियो ३७ बुँदे सुझाव (सुझावसहित)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका विषयमा राष्ट्र बैंक समक्ष ३७ बुँदै सुझाव पेस गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले गभर्नर महाप्रसाद अधिकारीसमक्ष उक्त सुझावहरु पेस गरेका हुन् ।

सो भेटमा चेम्बरका अध्यक्ष मल्लले बैंकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकोले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

उनले अहिलेको विषम परिस्थितिमा राष्ट्र बैँकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नुपर्ने भन्दै निजी क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

अहिलेको विषम परिस्थितिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउँदै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको बताए ।

सो अवसरमा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत व्यवहारिक सुझावहरूको लागि धन्यबाद ब्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताए ।

उनले व्यवसायीहरुलाई मुलुकको अर्थतन्त्रलाई दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गरे।

यस्ता छन् सुझाव

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ३५ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो