‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी र सुहानाको जन्मदिन « Khabarhub

‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी र सुहानाको जन्मदिन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुहाना थापाको २२ औं जन्मदिनको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर ३’ टिमले सक्सेस पार्टी दिएको छ । बुधवार दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक कार्यक्रम गरेर सुहानाको जन्मदिन समेत मनाइयो ।

कार्यक्रममा फिल्म क्षेत्रका कलाकार र पत्रकारको उपस्थिति थियो । समारोहमा अनमोल केसी र सुहाना थापा मुख्य आकर्षक बनेका थिए । जन्मदिनमा सुहानाले दर्शकले दिएको मायाले आफूलाई खुशी र उत्साहित बनाएको बताइन् । यस्तै अनमोल केसीले पनि ‘ए मेरो हजुर ३’ मा दर्शकले उत्साह देखाएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा निर्माता सुनील कुमार थापा, निर्देशक झरना थापा, दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, सरोज खनाल, निर्मल शर्मा लगायत उपस्थित थिए ।

समारोहमा फिल्म क्षेत्रका नायिकाहरुको भने खासै उपस्थिति देखिएन । अन्य कलाकार र फिल्म टिमको पनि उपस्थिति थियो । यस्तै गायक प्रताप दास, प्रविशा अधिकारी लगायतले स्टेजमा गीत गाएर सुनाएका थिए ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्म गत चैत्र २९ गतेदेखि प्रदर्शन भइरहेको छ । चलचित्रले औसत समीक्षा पाएको छ भने दर्शकले व्यावसायिक रुपमा भने फिल्म सफल देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : २३ बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा