अमेरिकाले पाकिस्तानलाई दियो २५ लाख खोप « Khabarhub

अमेरिकाले पाकिस्तानलाई दियो २५ लाख खोप


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान पुगेको छ ।

अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ ।

पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो ।

पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् ।

पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन् । अरु खोप आउने क्रममा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ३ : ५६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा