बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभा बैठक सारियो « Khabarhub

बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभा बैठक सारियो


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो ।

सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।

सत्तारुढ दल नेकपा एमाले वाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए ।

‘केही विवादहरु समाधान गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सारिएको हो,’ उनले भने । उनले प्रदेशसभाको बैठकमा बजेट माथिको छलफल संचालनका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरु बीच सहमती कायम गर्न आज दिउँसो १ बजे सभामुख सानुकुमार श्रेष्ठसँग छलफलको कार्यक्रम तय गरिएको बताए ।

हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी