मनकामना लघुवित्तको आइपीओमा १६ लाखको आवेदन | Khabarhub Khabarhub

मनकामना लघुवित्तको आइपीओमा १६ लाखको आवेदन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता शेयर माग भएको छ । सर्वसाधारणका लागि माग गरेकोभन्दा ५८ दशमलव ५१ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो ।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपीओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपीओमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : १० बजे

लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ : संयोजक दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री

प्रधानमन्त्रीसँग जेन–जी युवाको भनाभन : बारबरा फाउन्डेसनको बचाउ गरिन्, जनमत संग्रहबारे कुरै सुन्न मानिनन्

काठमाडौं– जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारपक्षबीच मंगलबार बालुवाटारमा

ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

जेन-जीका नाममा जलाइएको बालकोटस्थित घरमा ओली (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण

सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक