साउन मसान्तभित्र एसईई नतिजा प्रकाशन हुने | Khabarhub Khabarhub

साउन मसान्तभित्र एसईई नतिजा प्रकाशन हुने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना रहेको बताए ।

परीक्षा बोर्डको निर्णयअनुसार आजसम्म विद्यालयले सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तिरिक मूल्यांक नम्बर पठाउँने छन् । इकाइले विद्यालयले पठाएको नतिजा प्रमाणित गरेर असार मसान्तभित्र बोर्डमा पठाउनेछ ।

उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुने नियन्त्रक अधिकारीले बताए ।

अहिले देशभरका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको र विद्यालयमा पनि क्षति पुर्याएकोले इकाइमा मुल्यांकन गरी विद्यालयले समयमै इकाइमा पठाउँन नसकेको अवस्था रहेको हुँदा केही ढिला हुनसक्ने सम्भावना पनि रहेको उनले बताए ।

उनका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : १४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?

काठमाडौं– क्यानाडाको यूकोन टेरिटोरीबाट पश्चिमतर्फ उत्तरी प्रशान्त महासागरको तटमा अमेरिकाको

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत लाभांश दिन तय गर्‍यो बुल क्लोज मिति  

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले आर्थिक वर्ष २०८१/८२ को

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर

गलेश्वर– बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र

थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

 बैंकक– प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै