शिक्षामन्त्री श्रेष्ठविरूद्ध रुपाले हालिन् सर्वोच्चमा मुद्दा « Khabarhub

शिक्षामन्त्री श्रेष्ठविरूद्ध रुपाले हालिन् सर्वोच्चमा मुद्दा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारकर्मी रूपा सुनुवारले मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा मुद्दा हालेकी छिन

उनलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।

उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संविधानको मौलिक हकहरुको चरम उल्लंघन गर्दै अभियुक्तलाई हिरासतमुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्त विपरीत सरकारी साक्षीको रुपमा रहेको पीडितको उचित संरक्षण गर्नुको सट्टा झन हतोत्साहित गर्ने उद्देश्यले गोपनीयताको हककाे समेत बर्खिलाप हुने गरी गरेको विपक्षीहरुको कार्यकाविरुद्ध अन्य वैकल्पिक उपचारको बाटो नहुँदा संविधानको धारा १३३(२) र (३) बमोजिमको आदेश जारी गरी पाऊँ ।’

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको समेत उनले आरोप लगाएकी छिन् ।

कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् ।

पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

यस्तो छ सर्वोच्चमा दायर गरेको निवेदन

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : २० बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको