निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ७६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा प्रहरीले सो संख्यामा सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । जसमा ६ सय ३५ वटा गाडी र ४ सय ४१ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय २८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा १ हजार १ सय ८३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ३ सय २३ जनालाई सचेत गराइएको जनाइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : १५ बजे

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल

राहदानी खरिद प्रकरण : प्रतिवादीलाई यसरी लगिएको थियो विशेषमा (तस्बिरहरू) 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर