‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को तयारी « Khabarhub

‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को तयारी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ दशकदेखि नेपाली फिल्म, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मसले ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गर्ने भएको छ ।

फिल्मसका अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनसँगै ‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ अवार्ड आयोजना गर्न लागेको बताए ।

अवार्डको लागि असार १७ गतेबाट फाराम खुल्ला गरिएको छ । क्वालिटी फिल्मसको कार्यालय अनामनगर र अनलाइनमार्फत भर्न सकिने यो फारामको म्याद साउन १५ सम्म तोकिएको छ ।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीतसंगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई अवार्ड प्रदान गरिने छ ।

यस्तै फिल्म विधाको गीतसंगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।

अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीतसंगीत, म्युजिक भिडियो, फिल्म, सट फिल्म, फेशन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : ३० बजे

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

एजेन्सी– इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन

महानिर्देशकलाई थाहै नदिई नलिन्चोक हेलिपोर्टको डीपीआर, यसरी भएको थियो अनियमितता

काठमाडौं– भक्तपुरस्थित नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष