निशाको स्वास्थ्यमा फेरि समस्या « Khabarhub

निशाको स्वास्थ्यमा फेरि समस्या


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतको देहरादुनमा तीन वर्ष अघि सडक दुर्घटनामा परेर उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ । गत जेठ २७ गते नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उनको घरबाट उद्धार गरिएकी निशा हाल नर्भिक अस्पतालको विशेष उपचार कक्षमा उपचाररत छिन् ।

निशाका पिता प्रेम घिमिरेका अनुसार सोमबार निशाको मुखबाट रगत बगेको थियो । ‘सोमबार बिहानदेखि छोरीको मुखबाट रगत बगेको थियो । मंगलबार केही कम भएको छ’, प्रेमले भने, ‘त्योबाहेक उसको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । डाक्टरहरुको निगरानीमा राम्रो उपचार भइरहेको छ ।’

अस्पतालका डा. पंकज जलानको नेतृत्वको टिमले निशालाई ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उपचार गरिरहेको छ ।

प्रेमले छोरीलाई अहिले पाइपबाट खाना खुवाइरहेको बताए । प्रेमका अनुसार निशा समय–समयमा बोल्न पनि खोज्छिन् ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ०० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर