माओवादी नेता यादवको निधन, प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि « Khabarhub

माओवादी नेता यादवको निधन, प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित यादवको सोमबार राति ५७ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाममा निधन भएको हो ।

विभिन्न ठाउँको उपचार पश्चात नेता यादव चिकित्सकको सल्लाह अनुसार घरमै औषधि सेवन गरेर बसेका थिए ।

धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखर जन्मथलो भएका नेता यादव तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा शुरूदेखि नै सहभागी भएका थिए । उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्डर भएर पनि काम गरेका थिए । पछिल्लो समय उनी पार्टीका केन्द्रीय सदस्य थिए । यादवका दुई छोरी र एक छोरासहित तीन सन्तान रहेका छन् ।

जेटिएको स्थायी जागिर छाडेर नेता यादव कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालीन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए । पछि उनलाई पार्टीले महोत्तरी र धनुषाको कमाण्डरको जिम्मेवारी दिएको थियो । नेता यादव नेकपा माओवादीबाट संविधानसभा २०६४ को पहिलो निर्वाचनमा धनुषाको क्षेत्र निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि

यादवको आजै जनकपुरधामस्थित स्वर्गद्वारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका यादव पनि सहभागी भएका थिए ।

हवाई जहाजमार्फत १० बजे जनकपुरका आएका प्रचण्डले पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पण पश्चात नेता एवं कार्यकर्तासहित प्रचण्ड उनको निवासमा पुगेका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ३७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा