नेप्सेमा गिरावट कायमै, साढे ४ अर्बको कारोबार « Khabarhub

नेप्सेमा गिरावट कायमै, साढे ४ अर्बको कारोबार


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से सूचकमा गिरावट कायमै रहेको छ । बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको छ । यता सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ ।

असार मसान्त नजिकिदै गर्दा लगानीकर्ताले बजारमा खरिद चाप बढाउन सकेका छैनन् जसले गर्दा नेप्से सूचक निरन्तर घटिरहेको छ । अर्कोतर्फ मौद्रिक नीति आउने समय समेत नजिकिदै गर्दा केन्द्रिय बैंकले मौद्रिक नीतिमा कस्तो नीति ल्याउला भन्ने अन्योलका कारण बजारले गति लिन सकेको छैन ।

आज २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ । बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।

बुधबार माथिल्लो तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दी हाइड्रोपावरको ५.१९ प्रतिशत, राधी विद्युतको ३.७३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.५५ प्रतिशत र घलेम्दी हाइड्रोको ३.२८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : १४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप