कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड « Khabarhub

कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ ।

बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । गत साता कुवेतको अधिकतम तापक्रम ५० डिग्री मापन गरिएको थियो ।

एक निर्माण कम्पनीका मालिक मोन्सुर अल–ओतइबीले अत्यधिक गर्मीका कारण आफ्नो कम्पनीमा कार्यरत मजदुरहरुले काम गर्न नसकेको बताए । बढी तातोले कम्पनीमा फलामजन्य सामानहरुको ओसारपसारमा समस्या परेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तापमापक यन्त्रमा छाँयामा ५३ डिग्री र घाम लागेको समयमा ७० डिग्री तापक्रम देखाएको छ ।

कुवेतको छिमेकी मुलुक इराक र इरानको तापक्रम ५१ डिग्री छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : १५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको