आर्थिक वर्ष २०७६/७७ को बजेट– यी विषय प्राथमिकतामा « Khabarhub

आर्थिक वर्ष २०७६/७७ को बजेट– यी विषय प्राथमिकतामा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकमाथि संसदमा छलफल शुरु भएको छ । विधेयक छलफलका लागि अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनमा सरकारले छोटो समयमा हासिल गरेको उपलव्धिबाट सुशासन विकास र समृद्धिको दरिलो आधार तयार भएको दाबी गरेका छन् ।

यही आधारशिलाको जगमा उभिएर सामाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख रुपमा अघिबढ्ने गरि आगामी वर्षको बजेट तयार हुने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि नियन्त्रणमा आएको र यस वर्ष आन्तरिक बचत उल्लेख्य रुपमा वृद्धि भई राष्ट्रिय पुँजि नर्मिाणको बलियो आधार तयर भएको बताएका छन् । उनले लागनीमैत्री वतावरण बनेको र स्वदेशी तथा विदेशी लागानीको प्रतिवद्धता बढेको बताए ।

वित्तिय सेवा र पहुँच विस्तार भएको अर्थमन्त्रीको भनाइ थियो , आयातमा बृद्धि भएपनि निर्यातको क्षेत्रमा सुधार आएको उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडाले राजश्वको दायरा फराकिलो भएको र राजश्व चुहावट नियन्त्रण्मा आएको दाबी गरे ।

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गर्दै गर्दा नेपालको संीवधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणालीलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएको बताए ।

उनले नीति तथा कार्यक्रमलाई पनि बजेटमा आधार मानिएको बताए । अहिले चलिरहेका कार्यक्रमको निरन्तरता र वामपन्थी सरकारको घोषणा पत्रलाई आधार बनाइएको उनको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाका अनुसार लोककल्याण्कारी राज्य स्थापनामा ध्यान केन्द्रीत गर्दै बजेट निर्माण हुनेछ ।

सबै नेपालीलाई क्रमशः सामाजिक सुरक्षाको दायरामा ल्याउने काम गरिने उनको भनाइ छ । उनले भने,‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बर्धन बजेटका सिद्धान्त हुनेछन् ।’

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १२ : ३५ बजे

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व