ओलीले बोलाए स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

ओलीले बोलाए स्थायी कमिटी बैठक


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

एकताका लागि सहमति जुटाउन गठित कार्यदलले कसरत जारी राखेकै अवस्थामा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । कार्यदलले सहमतिका लागि गरिरहेको प्रयास टुंगोमा नपुग्दै ओली बैठक बोलाएका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । कार्यदलले सहमतिका लागि तयार गरेको मस्यौदामा वरिष्ठ नेता माधव कुमार नेपालले असहमति जनाएका छन् । जसका कारण अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ३२ बजे

‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण’

काठमाडौं– सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र

नख्खु कारागारलाई थाहा छैन, कति बजे आइपुग्छन् रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी– अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था