राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने वामदेव गौतमको माग « Khabarhub

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने वामदेव गौतमको माग


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का एमालेका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । उनले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेता गौतमले भने, “राष्ट्रियसभामा यदि हलले आवश्यकता ठान्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी आज यो पास गरौँ, आगामी आर्थिक वर्षको बजेट वक्तव्य यहीँ आएर अर्थमन्त्रीले प्रस्तुत गर्नुस् । यहाँबाट छलफल गरेर पारित गर्न पाइयोस् ।”

संविधानमा प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको मानमर्यादामा कमी नरहेको र यसमा सिङ्गो राष्ट्रको प्रतिनिधित्व रहेको उनले बताए । “अहिले प्रतिनिधिसभा छैन, सङ्घीय संसद्को अभिन्न अङ्गका रुपमा रहेको राष्ट्रियसभाले सदन बाहिर प्रस्तुत गरेको बजेटलाई किन मान्नुपर्ने ? यहीँ बजेट प्रस्तुत हुनुपर्छ”, उनले भने ।

पार्टीको घोषणापत्रअनुसार अघिल्ला तीन वर्षमा बजेट नआएको विचार राख्दै नेता गौतमले घोषणापत्रअनुसार चल्ने कि मनमौजी किसिमले अघि बढ्ने भनी प्रश्न गरे । सामाजिक सुधार आफ्नो पार्टीको परम्परा र पहिचान भएको उल्लेख गर्दै उनले बजेटमा समाजवादको खाका नसमेटिएको टिप्पणीसमेत गरे ।

साथै गौतमले सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान हुने सम्भावना नरहेको दाबी गरे । उनले आफूले पहिले नै फैसलापछि एमालेमा खुसीको खबर आउने भनेको र त्यसमा आफू दृढ रहेको बताएका हुन् । नेकपा विभाजन हुँदा आफू कुनै समूहमा नलागेको भन्दै गौतमले अहिले पनि आफू कुनै गुटमा नरहेको स्पष्ट पारे ।

आफू एमाले भएकाले पार्टी पुनर्स्थापना भएपछि एमाले नै रोजेको र बैठकमा गएको उनले बताए । गौतम असार १८ र १९ गते बालुवाटारमा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । गौतमले आफूले एमाले एकताका लागि भूमिका मागेको भए पनि नपाएको गुनासो गर‍े । त्यस्तै उनले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको विभेद अन्त्य हुनुपर्ने भन्दै बजेट राष्ट्रियसभामा प्रस्तुत गर्न प्रस्ताव गरे ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्रीले जसपा फुटाउन खोजेको आरोप लगाइन् । माग सम्बोधनको झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी प्रधानमन्त्रीले पार्टी विभाजन गर्न लागेको उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठले महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक असार २८ गते बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ०५ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई