कर्णालीमा अझै बजेटमाथि छलफल हुन सकेन, आजको बैठक पनि अवरुद्ध « Khabarhub

कर्णालीमा अझै बजेटमाथि छलफल हुन सकेन, आजको बैठक पनि अवरुद्ध


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका कारण आइतबार पनि कर्णाली प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ ।

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो । यसअघि पनि एमालेले निरन्तर बैठक अवरुद्ध पार्दै आएपनि सहमतिको ठोस प्रयास हुन सकेको छैन । आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै विरोध गरेका थिए । बैठकको शुरूमै एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए । उनले सरकारले आफ्ना गल्ती नसच्चाएसम्म सदनको कारवाही अघि बढ्न नसकने बताए ।

सांसद रोकायले बोलेपछि पनि एमाले सांसदले उठेर विरोध जनाएपछिसभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरे ।

माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् । फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् ।

उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जसले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले