निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो | Khabarhub Khabarhub

निरन्तर उकालो लागेको खाने तेलको भाउ घट्न थाल्यो


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेलको मूल्य घट्न थालेको उद्योगीहरुले बताएका छन् ।

आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको भाउ पछिल्लो समय घट्दै गएको छ ।

पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको छ ।

सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उद्योगी कुमुद दूगडले बताए ।

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ ।

नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको छ । सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताए । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा झरेको छ ।

वाणिज्य विभागले तेलको मूल्य घटेको विषय जानकारी आएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्य घटेको जानकारी उद्योगीहरुले गराएको बताए । बजारमा २० देखि ४० रुपैयाँसम्म खुद्रा मूल्य घटेको पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ०१ बजे

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले