शारीरिक कसरत गर्दा यी कुरा कहिल्यै नभुलौँ « Khabarhub

शारीरिक कसरत गर्दा यी कुरा कहिल्यै नभुलौँ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुन्छ । जसले मानिसलाई स्वस्थ राख्छ ।

शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो । जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ । शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ ।

विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन् । फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन् ।

शारीरिक कसरत जुनै किसिमको भए पनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ । सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिँड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो । कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ ।

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा शारीरिक कसरत हुनु त पर्छ नै तर पनि कति मात्रामा र कस्तो किसिमको शारीरिक कसरत गर्दा हामीलाई फाइदा पुग्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि हामीले आफ्नो शरीरअनुकुल शारीरिक कसरत गरेनौँ भने त्यसले लाभको साटो हानी पु¥याउने सम्भावना धेरै रहन्छ । शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार रहेका छन्-

शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
– शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ । रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ ।
– सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन । अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ ।
– कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ ।
– कडा कसरत गरिसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ ।
– दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिँड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने ।
– गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।

साभार : ‘स्वास्थ्य खबरपत्रिका’बाट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : १५ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा