अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो | Khabarhub Khabarhub

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड-१९ भ्याक्सीन काठमाडौं आइपुगेको जानकारी दिएका छन्।

एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने उनले बताएका छन् ।

झन्डै ७५ बर्ष लामो न्यानो नेपाल-अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम हुने उनले अपेक्षा गरेका छन् ।

उनले फेसबुकमा एक भिडियो सन्देश यस्तो राखेका छन्

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ३७ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।

बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

बैतडी – गएराति बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज

‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

काठमाडौं – देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग