सर्वोच्चको फैसलापछि मनीषाको प्रश्न–निर्णय कसले कार्यान्वयन गर्छ « Khabarhub

सर्वोच्चको फैसलापछि मनीषाको प्रश्न–निर्णय कसले कार्यान्वयन गर्छ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक माहोल तातेको छ । यो माहोल सामाजिक सञ्जालमा उस्तै गरमागरम बनेको छ ।

अदालतको आदेशका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यही परीप्रेक्ष्यमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले ट्वीटरमा एक ट्वीट गरेकी छन् ।

‘अब कसले निर्णय लागू गर्नेछ ?’ उनले ट्वीट गरेकी छन् । उनको यो ट्वीट सर्वोच्च अदालतको आदेशप्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

मनीषा नेपाली राजनीतिमा पनि चासो राख्छिन् । जननिर्वाचित नेपालका पहिलो प्रधामन्त्री वीपी कोइरालाकी नातिनी मनीषाले ट्वीटरमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेकी थिइन् ।

उनको यो समर्थनप्रति नेपालमा स्वागत गरिए पनि भारतीय सञ्चारमाध्यमले तिखो आलोचना गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : २० बजे

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका