अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइँदै, क-कसले पाउँछन् लगाउन ? « Khabarhub

अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइँदै, क-कसले पाउँछन् लगाउन ?


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आजदेखि सर्वसाधारणलाई अमेरिकाबाट ल्याइएको कोरोनाविरूद्धको खोप लगाउन अभियान थाल्दैछ ।

अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालकलाई लगाइँदैछ । यसअतिरिक्त खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउनेछन् ।

जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि लगाउन पाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ । सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन् ।

विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।  विदेश जान लागेकाको हकमा पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउने मन्त्रालयले उल्लेख गरेको छ ।

तर कोभिशिल्ड खोपको एउटा मात्रा लगाएकाहरुले यो खोप लगाउन नहुने पनि मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको