साल्मे-फाप्लु सडक मर्मत नसकिँदै भत्कियो « Khabarhub

साल्मे-फाप्लु सडक मर्मत नसकिँदै भत्कियो


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ ।

साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको  प्रत्यक्षदर्शीले बताएका छन् ।

शैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दावी छ ।

कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । यद्यपि असारमा बजेट सिध्याउने बहानामा गुणस्तरीय काम नभएको चालक तथा यात्रुको भनाइ छ ।

बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार  कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुनेगरेको सोलु दुधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ ।

सडक मर्मत कार्य सम्पन नभई भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ ।

नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरूपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्यान दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दुधकोशी गाउँपालिका–५ का तेजबहादुर बस्नेतले बताए ।

पाँच करोड ९६ लाखको लागतमा गत वैशाखबाट साल्मे–फाप्लु खण्डमा मर्मतको काम भइरहेको छ । महालक्ष्मी भुजेल जेभीले कालोपत्रे सडक टालटुल गर्ने, ड्रेन, कज वे र पर्खाल निर्माण तथा मर्मतलगायतको कामको जिम्मा लिएको छ ।

सडक मर्मतको काममा कमजोरी भएको स्वयं निर्माण कम्पनीले पनि स्वीकार गरेको छ । कम्पनीका प्रतिनिधि सुदीप सुनुवारले भत्किएको  सडक पुनः मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे । बर्खायाममा काम शुरु भएकाले कालोपत्रे उप्किएको र ठाउँठाउँमा पहिरोसमेत खसेको उनको भनाइ छ ।

मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको सडकका विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले तत्काल त्यसको अनुगमन गरी कमजोरी पाइएको खण्डमा पुनः काम गर्न कम्पनीलाई निर्देशन दिइने बताए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : २५ बजे

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन