एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलमा भएको सहमति अनुमोदनको तयारी « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलमा भएको सहमति अनुमोदनको तयारी

नेपाल-खनाल समूह आन्तरिक छलफलमा


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे डाकिएको बैठकमा कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदनको तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाल-खनाल समूह पनि सहभागी हुने आजकै बैठकले केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने तामाङले बताए । यसअघि सोमबार साँझ बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा नेपाल खनाल-नेपाल समूहका नेता भीम रावल पनि सहभागी भएका थिए । कार्यदलले सोमबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको दस्ताबेज बुझाएको छ।

संस्थापन पक्षले आजको बैठकमा सबै सहभागी हुने दाबी गरे पनि नेपाल-खनाल समूह भने आन्तरिक परामर्शमा छ । आन्तरिक छलफलपछि सो समूहले के गर्ने भन्ने निर्णय लिनेछ । तथापि गठबन्धनको सोमबारको बैठकमा नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताएकाले उनीसहितका नेताहरु बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ५६ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति