तुलसीको ५ पातले बदल्छ तपाईंको भाग्य | Khabarhub Khabarhub

तुलसीको ५ पातले बदल्छ तपाईंको भाग्य


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं हिन्दुको घरमा तुलसीको बोट हुने गर्दछ । तुलसीलाई हरेक शुभ कार्यमा समावेश गरिन्छ । तुलसीको पात भगवान विष्णुका लागी अति प्रिय मानिन्छ ।

यहि तुलसीको पातले मानिसलाई स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ । यस अलावा धार्मीक मान्यता अनुसार तुलसीको पातको प्रयोगले धनको समस्या वा घरमा हुने नकारात्मक शक्ति नाश गर्न उपयोगी मानिन्छ । यसका लागि केवल तुलसीको ५ पात आवश्यक हुन्छ ।

१. यदि तपाईलाई घरमा नकारात्मक शक्तिको महशुस भएमा बेलुकी सुत्नुअघि सिरानी मुनी तुलसीको ५ वटा पात राखेमा त्यस प्रकारको शक्ति नाश हुने धार्मीक मान्यता छ ।

२. जुन दम्पतीको वैवाहिक जीवन राम्रो बनिरहेको छैन अथवा एकअर्कासँग झगडा गरिरहेका हुन्छन् त्यस्तो अवस्थामा पनि तुलसीको ५ वटा पात उपयोगी हुन्छ । दुबै दम्पतीले तुलसीको ५ वटा पात आफ्नो साथ राखेमा दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

३. तुलसीको ५ वटा पातलाई रातो कागजमा बेरेर पूजा स्थलमा राखी नियमित यसको पुजा गर्नुहोस् । तपाइले राखेको तुलसीको पातलाई हरेक दिन बदल्नुहोस् । सुकेका पातलाई जलमा प्रवाहित गर्नुहोस् । लगातार २१ दिनसम्म यसो गर्नु पर्दछ । ती पातलाई आफ्नो मनको इच्छा बताउनुहोस् । यसो गरेमा केहि दिनमै तपाई फरक पाउनु हुनेछ । यसो गर्दा तपाईको भविष्य चम्किने धार्मीक मान्यता रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ५ : १८ बजे

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा