पत्र सच्चिने कुरा मात्रै होइन, प्रवृत्ति प्रधान हो : कांग्रेस प्रवक्ता शर्मा  « Khabarhub

पत्र सच्चिने कुरा मात्रै होइन, प्रवृत्ति प्रधान हो : कांग्रेस प्रवक्ता शर्मा 


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्र मात्र नभई प्रवृत्ति पनि सच्याउनुपर्ने बताएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले  ट्वीट गर्दै लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यू । पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ।’

उनले सर्वाेच्चको फैसला सरकार बदल्न मात्र नभई संरक्षकलाई बदलिनसमेत आदेश दिएको उल्लेख गरेका छन् ।

‘सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिनसमेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको