दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन ।

सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ ।  भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँएको बीबीसीले जनाएको छ । भीडमा रहेकाहरुले समातेपछि शिशुको उद्धार गरेका थिए ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ५५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै