दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन ।

सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ ।  भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँएको बीबीसीले जनाएको छ । भीडमा रहेकाहरुले समातेपछि शिशुको उद्धार गरेका थिए ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ५५ बजे

गीतकार कवि अधिकारी सम्मानित

काठमाडौं– कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन्। कवि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

पाटन– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक

जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक

कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित

मुस्ताङ– नेपाल-चीनको सीमा कोरला नाका स्थित २४ नंम्बर सीमा स्तम्भ