प्रधानमन्त्री देउवासँगको भेटमा नेता नेपालले भने : विश्वासको मतका विषयमा पछि कुरा गरौँला « Khabarhub

प्रधानमन्त्री देउवासँगको भेटमा नेता नेपालले भने : विश्वासको मतका विषयमा पछि कुरा गरौँला


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पछि छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक नेता नेपालसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।

वरिष्ठ नेता नेपालको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेको छलफलमा सहभागी कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए ।

भेटघाटमा वरिष्ठ नेता नेपालले सरकारलाई राम्रो काम गर्न सुझाव दिएको उलने जानकारी दिए ।

भेटबारे महामन्त्री खड्काले भने,‘अनौपचारिक रुपमा समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । विश्वासको मतका विषयमा कुनै छलफल भएन । वरिष्ठ नेता नेपालले पछि छलफल गर्दै जाउँला भन्नुभयो ।’

प्रधानमन्त्री देउवा नेता नेपालको निवासमा पुग्नुअघि महामन्त्री खड्का पुगेका थिए ।

महामन्त्री खड्काले विश्वासको मतका विषयमा समेत आगामी दिनमा छलफल हुने जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक छलफल भएको हो । आगामी दिनमा पनि छलफल हुन्छ ।’

संविधानको धारा ७६(५) अनुसार सर्वोच्चको आदेशमार्फत प्रधानमन्त्री नियुक्त हुँदा वरिष्ठ नेता नेपाल समूहका २३ जना सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ३२ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।