एमालेप्रति जनताको भरोसा बढ्दो छः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

एमालेप्रति जनताको भरोसा बढ्दो छः मुख्यमन्त्री पौडेल


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् ।

चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।

मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ५८ जना एमालेमा प्रवेश गरेका थिए ।

सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामालगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : १५ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई