अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुश « Khabarhub

अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुश


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् ।

उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ गर्न सक्ने बताएका छन् ।

“मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुशले जर्मन प्रसारक ड्युसे भेलेलाई भने। उनले भने, “मेरो विचारमा सेना फिर्ता गल्ती थियो ।”

पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यू योर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गरेका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले पनि सेना फिर्ताबारे बुसको जस्तै विचार राखेकी छन् ।

अमेरिक राष्ट्रपति जो बाइडेनले यसै बर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : ४० बजे

उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत

ढुङ्गाले लागेर बालकको मृत्यु

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर