लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी « Khabarhub

लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने उनले बताए ।

काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढीका सार्वजनिक यातायात यसअघिबाटै सञ्चालन आएका छन् । बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १२ बजे सकिँदै छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ७ : ४० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।