प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास « Khabarhub

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ ।

नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा.शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकामा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ ।

देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ९ : ५५ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण