चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण | Khabarhub Khabarhub

चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेका थिए ।

अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी थियो ।

प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो ।

काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएकी शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आएको जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भने, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किलपर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भने “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”

कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।” उनले भने, “दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”

पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिनुभयो । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्रत्यारोपणमा एक/दुई युनिट रगतले नै पुगेको बताए ।

बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उनले भने, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामिमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उनको भनाइ छ ।

यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङ्को कलेजो प्रत्यारोपण गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : १५ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका