७७३  संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७७३  संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७३ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६०२ कोरोना संक्रमितको आईसीयूमा र १७१ को भेन्टिलेटरमा गरी कुल ७७३ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११३ जना आईसीयूमा र ४६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ११ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३४७ जना आईसीयूमा र १०१ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६४ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, कर्णालीमा १३ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १० : १५ बजे

मुस्ताङको मार्फामा पदमार्ग निर्माण

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ

मधेश प्रदेश सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह

काठमाडौं– मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार

इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल

तेहरान- हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई इजरायलले हत्या गरेपछि मध्यपूर्वको तनाव

बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

काठमाडौं– प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई

बढी भाडा लिने ६ वटा गाडीका चालक र सह-चालक पक्राउ

काठमाडौं- प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक