सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरु | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरु


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केहीबेरअघि शुरु भएको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

नेता नेपाल पक्षका नेता डाक्टर विजय पौडेल बैठकमा सहभागी भएको जनाइएको छ ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का लगायत सहभागी छन् ।

गठबन्धनको बैठक चलिरहेका बेला एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलबीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल जारी छ । नेता नेपाललाई भेट्नका लागि उपाध्यक्ष रावल केहीबेरअघि कोटेश्वर पुगेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : १२ बजे

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष