संसद बैठक र आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल « Khabarhub

संसद बैठक र आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठकमा सरकारको काम र आगामी ३ गतेका लागि बोलाइएको संसद बैठकको विषयमा छलफल भएको छ ।

सरकार गठन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भए पनि ठोस कुनै निर्णय नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनले भने,‘संसद बैठक आह्वान भइसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा सैद्धान्तिक छलफल भयो ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले समेत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । उनले भने,‘अब कसरी जाने, कसरी गठबन्धनलाई बलियो बनाउने भन्ने  लगायतका विषयमा सामान्य छलफल भयो । कुनै निर्णय भएको छैन ।’

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका थिएनन् ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : २८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।