विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ९७ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ९७ लाख नाघ्यो


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ५५ हजार १८४ जनामा कोरोना पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै रुस, फ्रान्स, टर्की, र बेलायतमा ५ लाख बढिमा कोरोना पुष्टि भइसकेको छ भने, अर्जेन्टिना, कोलम्बिया र इटालीमा ४ लाख बढि कोरोना संक्रमित भएका छन् ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमणबाट हालसम्म विश्वमा ४० लाख ८२ हजार ६३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ५२ बजे

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,