एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का « Khabarhub

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् ।

जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।

वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए ।

पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ । सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ ।

पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना सङ्क्रमणबाठ अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् । रासस

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : १५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर